अब १० प्रतिशत डाउन पेमेन्टमै यामाहा मोटरसाइकलः एक्सचेन्जमा १५ हजार बोनस


अब १० प्रतिशत डाउन पेमेन्टमै यामाहा मोटरसाइकलः एक्सचेन्जमा १५ हजार बोनस

नेपालगन्ज : यामाहा मोटरसाइकल कम्पनीले १० प्रतिशतको डाउन पेमेन्ट सुविधादेखि शून्य प्रतिशत फाइनान्सिङ सुविधा तथा १५ प्रतिशत थप बोनस एक्सचेन्ज अफरसमेत प्रदान गरेको छ ।

यामाहा ब्राण्डका जुनसुकै मोटरसाइकलको खरिदमा ग्राहकले १० प्रतिशत डाउनपेमेन्ट सुविधा पाउने छन् भने एक्सचेन्ज अफरमा थप १५ हजार रूपैयाँ बोनस पाउने छन् ।

दशैंतिहार लक्षित ‘यामाहा एक्सचेन्ज एण्ड अपग्रेड टु फ्युल इन्जेक्सन’ अफर अन्तर्गत कम्पनीले यस्तो उपहार योजना ल्याएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यामाहा ब्राण्डका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले एक्सचेन्ज अफरमा जुनकुनै पुराना मोटरसाइकलसँग यामाहाका नयाँ मोटरसाइकल साट्न सकिने र प्रचलित बजार मूल्यभन्दा थप १५ हजार बोनस रकम प्रदान गरिने जनाएको छ ।

साथै मोटरसाइकल तथा स्कुटरको खरिदमा शून्य प्रतिशत फाइन्यान्सिङ सुविधासमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।