नेपालगन्ज : टीभीएस मोटरसाइकलको खरिदमा ग्राहकले अधिकतम ९ हजार क्यास डिस्काउण्ट पाउनका साथै ७ लाख ७९ हजार ९ सय रूपैयाँ बराबरको अपाचे आरआर ३१० मोटरसाइकल जित्ने अवसरसमेत पाउने छन् ।
‘टीभीएस दशैँको आशा’ योजनाअन्तर्गत कम्पनीले आफ्नो जुनकुनै मोटरसाइकलमा ९ हजार र स्कुटरमा ७ हजार रूपैयाँ नगद छुट प्रदान गरेको छ भने हरेक हप्ता १ जनाले अपाचे आरआर ३१० जित्न सक्ने गरी लक्की ड्रको योजना राखेको छ । जसअनुसार गत हप्ता मात्र एक जना भाग्यशाली ग्राहक अपाचे आरआर ३१० विजेता बनिसकेका छन् ।
त्यस्तै कम्पनीले ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा ५० प्रतिशत डाउन पेमेन्ट सुविधा प्रदान गरेको छ भने शून्य प्रतिशत फाइनान्सिङ सुविधासमेत प्रदान गरेको टीभीएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले जनाएको छ ।