दशैंमा पनि सुनको मूल्य स्थिर


दशैंमा पनि सुनको मूल्य स्थिर

नेपालगन्ज : चाडपर्व सुरु भएसँगै सुनको कारोबार र मूल्य बढ्ने गरेको भएपनि यस वर्ष भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार केही दिनदेखि सुनको मूल्य स्थिर रहेको हो । आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार सात सय पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार पनि यहि मूल्यमा रहेको थियो । आइतबार पनि यहि मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तीन दिनदेखि स्थिर छ । आइतबारदेखि आजसम्म प्रतितोला ९४ हजार दुई सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको छ । सोमबार एक हजार दुई सयमा कारोबार भएको थियो ।