प्रचण्डले खोले कालिज रेष्टुरेन्ट


प्रचण्डले खोले कालिज रेष्टुरेन्ट

नेपालगन्ज : कालिज के हो र कालिजको मासु कस्तो हुन्छ भन्नेहरुको धोको अब मेटिने भएको छ । किन भने नेपालगन्जमा आज बिहिबारदेखि कालिज रेष्टुरेन्ट संचालनमा आएको छ । कालिज पारखीहरुको धोको अब यहि रेष्टुरेन्टले मेटने छ ।
 
युवा व्यवसायी प्रचण्ड जिसीले यो रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । करिब ६० लाख लागतमा संचालनमा आएको यो रेष्टुरेन्ट नेपालगन्जको धम्बोझी नजिकै दक्षिण तर्फ रहेको छ । 
 
नेपाली शैलीमा निमार्ण भएको यो रेष्टुरेन्ट भित्र पनि नेपाली कलाशैली झल्किने गरी डिजाइन गरिएको छ । रेष्टुरेन्ट भित्र प्रवेश गरेपछि पहाडी गाउँघरतिर गएको, बसेर खाएको अनुभुती हुने गरी रेष्टुरेन्टको डिजाइन गरिएको यस रेष्टुरेन्टका प्रवन्ध निर्देशक प्रचण्डले सेतोखरीलाई जानकारी दिए ।
 
रेष्टुरेन्टको नाम देउराली रहेपनि यहाँ बिशेषगरी कालिजको विभिन्न परिकार पाइन्छ । ‘हाम्रो ब्राण्डनै कालिज हो । हामी यस क्षेत्रका ग्राहकलाई कालिजको विभिन्न परिकार विभिन्न स्वादमा बनाएर खुवाउँछौं ।’ प्रवन्ध निर्देशक प्रचण्डले भने । 
 
कालिजका अलावा यहाँ लोकल कुखुराको विभिन्न परिकार र खसीको पनि विभिन्न परिकार पाइने उनले बताए ।  
 
 
Kids Festival 2022
kanti aarogya hospital
add