आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनीको सहसंयोजकमा सिग्देल


आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनीको सहसंयोजकमा सिग्देल

नेपालगन्जः नाट्टा लुम्बिनी प्रदेश बाँके च्याप्टर नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देल आन्तरिक पर्यन पुनरुत्थान समिति, लुम्बिनी प्रदेशको सह–संयोजक तोकिएकाछन् ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानको मुख्य उद्देश्यका साथ पर्यटन व्यवसायीहरुको प्रतिनिधीमुलक संस्था, पर्यटन ब्यवसायहीहरु र अन्य सरोकारवालाहरु समावेश गरि देशका ७ वटै प्रदेशहरुमा आन्तरिक पर्यटन पुनरोत्थान समिति गठन गर्ने नेपाल पर्यटन बोर्डको योजना अनुरुप सिग्देललाई लुम्बिनी प्रदेशको सह–संयोजक तोकिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

संहसयोजक भएसगैं लुम्बिनी प्रदेशभित्रका पर्यटन सरोकारवालाहरुसंगको सहकार्यमा आन्तरिक पर्यटन प्रर्बद्धनका कार्यहरु सम्पादन गर्ने जिम्मेवारी सिग्देलले पाएकाछन् ।

कोरोना महामारीको जोखिम नेपालमा घट्दै गएको अवस्था आएसगैं आन्तरिक पर्यटन प्रर्बद्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरि पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन नेपाल पर्यटन बोर्ड प्रयासरत रहेको बोर्डले जनाएकोछ ।