सुबिसु MANRS मा हस्ताक्षर गर्ने नेपालकै पहिलो ईन्टरनेट सेवा प्रयदायक कम्पनी


सेतोखरी सेतोखरी   बिहीबार, कात्तिक २७, २०७७
सुबिसु MANRS मा हस्ताक्षर गर्ने नेपालकै पहिलो ईन्टरनेट सेवा प्रयदायक कम्पनी

नेपालगन्ज : ईन्टरनेट सेव प्रदायक कम्पनि सुबिसुले मुचुअल्ली एग्रीड नर्मस फर रुटिङ्ग सेक्युरिटीमा हस्ताक्षर गर्ने नेपालको पहिलो ईन्टरनेट सेवा प्रदायक कम्पनी बनेकोछ ।

Mutually Agreed Norms for Routing Security MANRS भनेको Routing Security  सम्बन्धि परामर्श दिनको लागि Internet Society ले शुरु गरेको Global Initiative हो । जसले Internet Routing मा हुने समस्याहरुलाई दिर्घकालिन रुपमा समाधान गरि Routing Security सम्बन्धि सुरक्षित तरिकाले काम गर्न ठुलो भुमिका खेल्दछ ।

NTA को Cyber Security by laws मा MANRS लाई हरेक ISP, NSP, Telcos ले अनिवार्यरुपमा Implement गर्नु पर्ने प्रावधान राखेको छ जसमा SUBISU हस्ताक्षर गर्नेमा नेपालको पहिलो ISP हो ।

ईन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धि थुप्रै खालका घटनाहरु घटिरहेका हुन्छन् जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आईपर्ने गर्दछ जस्तै रुट हाइज्याकिङ्ग, रुट लिक, आइपी एड्रेस स्पोफिङ्ग लगायतका नकारात्मक गतिबिधिहरुले गर्दा डिडिओएस अट्याक, ट्राफिक इन्स्पेक्सन, लस अफ रिभिन्यू, रिप्यूटेसनल ड्यामेज जस्ता समस्याहरु निम्त्याउँछ र एउटा आइएसपीको रुटिङ्ग प्रोबलेमले ग्लोबल इन्टरनेट जगतमै व्यापक समस्याहरु आइपर्ने हुँदा यस्ता समस्यालाई समाधान गर्नको लागि एमएएनआरएसको ग्लोबल इनिटिएभमा हस्ताक्षर गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

रुटिङ्ग समस्याहरुलाई समाधान गर्नका लागि आइएसपी/एनएसपीले एमएएनआरएसले सुझाब गरेको फिल्टरिङ्ग, एन्टि स्पोफिङ्ग, कोर्डिनेसन र ग्लोबल भ्यालिडेसन जस्ता ४ वटा बिभिन्न विषयमा ध्यान प¥ुयाए रुटिङ्ग समस्याहरुको समाधानमा सहयोग पुग्नेछ ।

सुबिसुको बारेमा  
सुबिसु केबलनेट (प्रा.) लिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभीको बारेमा

क्लियर टिभी, सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो । जसले एपपीइजी फोर स्टाण्डर्ड डेफिनिसन र हाई डेफिनिसन च्यानल्स केबल मार्फत, कन्डिसनल एसेस सिस्टम (क्यास) को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।