नेपालगन्ज : भाटभटेनी सुपरमार्केटले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएकोछ ।
कोरोना भाइरस संक्रमणकाबीच नेपालगन्जमा सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केट छिटै सूदूरपश्चिमको राजधानी धनगढीमा सञ्चालनमा आउने भएकोछ ।
यसका लागि धनगढी उपमहानगरपालिकामा ‘भाटभटेनी सुपरमार्केट’ को निर्माण कार्य शुरु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा–३ मा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, निर्देशक सावित्री गुरुङले भूमिपुजन समेत गरेका छन् ।
एकवर्ष भित्र काम सक्ने गरी निर्माण गरि सञ्चालनमा ल्याउने तयारीका साथ कार्य थालनी भएकोछ । भाटभटेनीका अध्यक्ष गुरुङ्गका अनुसार धनगढीमा भाटभटेनी शुभारम्भ भएलगत्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्नो शाखा खोल्ने छ ।
यसअघि भाटभटेनीले नेपालगन्जमा गत फागुनदेखि शाखा सञ्चालनमा ल्याएको छ । नेपालगन्जमा करिब एक लाख ४६ हजार वर्गफिफट क्षेत्रफलमा फैलिएको भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको अध्यक्ष गुरुङ्गले बताए ।