नेपालगन्ज : नेपालमा मङ्गलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा मङ्गलबार छापावाल सुनको मूल्यमा बृद्धि भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकोछ ।
महासंघका अनुसार मङ्गलबार प्रति तोलामा १५०० रुपैयाँले बढेको हो । सोमबार सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मङ्गलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको महासंघले जनाएको छ ।
यस्तै महासंघका अनुसार मङ्गलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।