अब सुविसु फाईभ गिजाहर्ज डुअल ब्याण्ड राउटरमा


अब सुविसु फाईभ गिजाहर्ज डुअल ब्याण्ड राउटरमा

नेपालगन्ज : नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आप्mना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति फाईभ गिजाहर्ज डुअल ब्याण्ड राउटर सहितको सेवा प्रस्तुत गरेको छ ।

यस अघि २.४ गिजाहर्ज सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको ईन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ फाईभ जी सेवा सुरु गरेको हो । इन्टरनेटको बद्लिदोँ माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले फाईभ गिजाहर्ज डुअल ब्याण्ड राउटर सहितको सेवा सुरु गरेको हो ।

फाईभ गिजाहर्जको प्रयोगले ईन्टरनेट सेवाप्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरीय बनाउनेछ । ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय–समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

सुबिसुका बारेमा :

Kanti Aarogya Hospital Nepalgunj

सुबिसु केबलनेट (प्रा.) लिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस÷भिपिएनएस, व्यान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभीका बारेमा :

क्लियर टिभी सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, ईन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो जसले एमपीइजी फोर स्टाण्र्डड डेफिनेसन र हाइ डेफिनेसन च्यानल्स केवल मार्फत मार्फत, कन्डिस्नल एसेस सिस्टम (क्यास) को प्रयोग गरि सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।