नेपालगन्ज : पछिल्लो सात महिनाको अवधीमा प्रदेश पाँचबाट तीन सय ३८ बालबालिका हराएर वेपत्ता भएका छन् । यो तथ्याकं देशका अन्य पाँच प्रदेशको तुलनामा बढी हो ।
बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याकंअनुसार प्रदेश पाँचबाट यो अवधीमा बालक एक सय १३ र बालिका दुई सय २५ गरी तीन सय ३८ बालबालिका हराएका छन् । तीमध्ये ६२ बालक र ९२ बालिका गरी एक सय ५४ जना बालबालिका मात्रै फेला परेका छन् । बाँकी एक सय ८४ जना बालबालिका अझै फेला पर्न सकेका छैनन् । यी बालबालिकाको खोजीका लागि आफन्तले सरकारी तथा गैरसरकारी निकायमा हारगुहार गरिरहेका छन् । तर, सरकारी निकाय यसरी हराएका बालबालिकाको खोजीमा उदासीन देखिएको छ ।
प्रदेश ६ को तथ्यांक हेर्दा बालक ६९ र बालिका एकसय ६ गरी एकसय ७५ बालबालिका हराएका छन् । हराएका बालबालिका मध्ये ३७ बालक र ४६ बालिका गरी जम्मा ८३ बालबालिका फेला परेका छन् । बाँकी ९२ बालबालिका अझै फेला परेका छैनन् । यसैगरी प्रदेश ७ मा बालक ६५ र बालिका ९३ गरी एकसय ५८ बालबालिका हराएका छन । तीमध्ये २८ बालक र ५७ बालिका गरी जम्मा ८५ बालबालिका फेला परेका छन् । बाँकी ७३ बालबालिका भने फेला परेका छैनन् ।
यो अवधीमा साउनयताका सात महिनामा मात्रै देशभरबाट एक हजार नौ सय ३१ बालबालिका हराएको सरकारी रेकर्ड छ । यसरी हराएकामा तीन सय ३२ बालक र ६ सय ३८ बालिका गरी जम्मा ९ सय ७० जना फेला परेका छन् । नौ सय ६१ जना बालबालिका अहिलेसम्म फेला परेका छैनन् । मुलुक संघीयतामा गएसँगै बालबालिका हराएको रेकर्ड पनि संघीय सरकार अनुसार विभाजन गरिएको छ । यो त बालबालिका हराएको सूचना टिपाएको आधिकारीक संख्या मात्रै हो । बालबालिका हराएर नटिपाएका घटना पनि रहेको हुनसक्ने सुरक्षा निकायका अधिकारी बताउँछन् ।
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी