काठमाडौ। एउटा स्कार्पियो जीप दुर्घटनामा न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको जुराखेत नजिकै भीरमा दुर्घटना भएको हो।
मंगलबार बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीश सहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
न्यायधीश डाँगीको पारिवारिक स्रोतका अनुसार उनिहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।
घाइतेहरूलाई हेटौँडा अस्पतालमा प्रारम्भीक उपचार गरिएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो। गाडीमा मुख्य न्यायाधीश र अदालतका अरु कर्मचारीहरू थिए।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे