पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ बढ्यो


पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ बढ्यो

नेपालगन्ज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो ।

भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४र४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जानाएको छ ।