लाईसेन्स खुल्यो, बाँके, दाङ र रुपन्देहीमा फर्म दर्ता


लाईसेन्स खुल्यो, बाँके, दाङ र रुपन्देहीमा फर्म दर्ता

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पुनः सुचारु भएकोछ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्थीद्वारा जारी सूचनामा लाइसेन्स खुला गरिएको उल्लेखछ ।

कोरोना भाइरसका कारण प्रभावित बनेको लाईसेन्सका कारण प्रदेशका सेवाग्राही मर्कामा परेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशको पुष ३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रदेशको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र रुपन्देही, यातायात व्यवस्था कार्यालय दाङ्ग र बाँकेबाट एकैपटक लाइसेन्सका लागि फारम खुला गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकले आगामी पुष १५ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाईन फारम दर्ता गर्न सकिने जनाएकोछ । तर, मन्त्रालयले लाइसेन्सका लागि समयसीमा राखेको जनाएको छैन ।

बैठकले सवारी चालक अनुमती पत्र लिने सेवाग्राहीको संख्या अन्य प्रदेश भन्दा लुम्बिनी प्रदेशमा अत्यधिक भएको समेत जिकिरगर्दै साविकमा विभिन्न वर्गका सवारीहरुमा यस प्रदेश अन्र्तगतका यातायात व्यवस्था कार्यालयहरुको लागि साविकको निर्धारित संख्यामा लाईसेन्स खुला गरिएको जनाएकोछ ।

प्रदेश सरकारका अनुसार लाइसेन्स सम्बन्धि मन्त्रालयबाट हुने निर्णयहरुको जानकारी मन्त्रालयको वेभसाईट mopid.p5.gov.np र facebook.com/mopid.lumbini फेसबुक पेजबाट लिन सकिने जनाएकोछ ।