तस्करी रोक्ने बिषयमा बाँकेका सिडिओ र एसपीबिच भनाभन, सिडिओ काठमाण्डौं हिडेँ


तस्करी रोक्ने बिषयमा बाँकेका सिडिओ र एसपीबिच भनाभन, सिडिओ काठमाण्डौं हिडेँ

नेपालगन्ज : बाँकेमा भइरहेको तस्करी बारे जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालयबीच चिसोपना छाएको छ । बाँकेमा सरुवा भएदेखि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना हातेमालो गर्दै अगाडी बढेका थिए ।

बाँकेमा उत्पन्न हुने साना–साना समस्यामा पनि सिडिओ कुरुम्बाङ्ग र एसपी रानासँगै बसेर छलफल गरी समस्याको समाधान गर्ने गर्थे । कोरोना नियन्त्रण तथा रोकथाममा पनि दुबै जना सहकार्य गरेरै अगाडी बढ्दै आएका थिए ।

सिडिओ कुरुम्बाङ्ग र एसपी राना बाँकेमा आएको ६ महिना पुगिसकेको छ । तर, अहिले आएर तस्करीको बिषयलाई लिएर दुबै जनाबिच चिसोपना छाएको छ । बाँकेमा भइरहेको तस्करी नियन्त्रणमा लागिपरेका सिडिओ कुरुम्बाङ्ग तस्करी नियन्त्रण नभएपछि ओक्रोसित भएका छन् ।

‘व्यापक तस्करी भइरहेको जनगुनासो आएको आइ छ । सबै संयन्त्रलाई निर्देशन दिंदै आएको छु, म आफै सक्रियता देखाएर अहोरात्र खटेको छु, तर, तस्करी नियन्त्रण हुँदैन । चारैतिरबाट जनगुनासो आईरहन्छ कमजोरी कस्को ? मैले के बुझ्ने ?’ सिडिओ कुरुम्बाङ्गले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसो त बाँके एसपी राना तस्करी नियन्त्रण गर्न लागि नपरेका भने होइनन् । तस्करको पल्लाभारी र बाह्य शक्तिले एसपी रानालाई तस्करी रोक्न गाह्रो परेको छ । तस्करीको भाषामा ‘लाइन’ खुलेको छ बाँकेमा । लाइन खुलेको भन्नुको अर्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन सबैसँग कुरा मिलेर तस्करी गरे बापत पैसा बुझाउनुलाई लाइन खुलेको भनिन्छ ।

तस्करी नियन्त्रण गर्न नसकेको भन्दै शुक्रबार राती सिडिओ कुरुम्बाङ्ग एसपी रानासँग कुर्लिय । ‘तस्करी नियन्त्रण गर्ने प्रहरीले हो किन नियन्त्रण हुन सकेको छैन ?’ सिडिओ कुरुम्बाङ्गको जिज्ञासा यहि छ ।

६ महिनासम्म आत्मा जोडेर हिँडेका सिडिओ कुरुम्बाङ्ग र एसपी रानाबिच तस्करीकै बिषयलाई लिएर विवाद उत्पन्न भएको छ । ‘आफु बसेको जिल्लामा तस्करी भइरहने, नरोकिने हो भने वहाँले त्यस्तो जिल्लामा बस्नुको कुनै अर्थ नरहेको बताइरहनु भएको छ ।’ प्रशासन स्रोतले भन्यो ।

‘तस्करी किन नियन्त्रण हुन सकेको छैन, यसरी कसरी चल्छ । दुबै जना बिच यहि बिषयमा केहीबेर विवाद भयो । सेतोखरीलाई निकटस्थ स्रोतले भन्यो सिडिओ कुरुम्बाङ्गले शुक्रबार राती बाँकेका एसपी रानालाई फोनमा भने ‘कि तपाई बस्नुस्, कि म बस्छु, होइन भने तस्करी नरोकिने हो भने म बस्दीन ।’ विवादका कारण सिडिओ कुरुम्बाङ्ग काठमाण्डौं हिँडेका छन् । उनी स्थलमार्गबाटै काठमाण्डौं हिँडेको स्रोतले सेतोखरीलाई जनायो ।

यता बाँके एसपी राना आफुले भ्यायसम्म तस्करी नियन्त्रणमा लागि परेका छन् । सूचना पाउने वित्तिकै दिनमा मात्र होइन रातमा पनि उनी सुत्न छोडेर तस्कर समात्न कुदिहाल्छन् । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षण डिल्ली खड्का पनि रातीसम्मै गस्तीमै हुन्छन् । प्रहरीले तस्करी हुने नाका नाकामा गस्ती रातीसम्मै गरिरहेको एसपी रानाले जानकारी दिए ।

थप समाचार

‘तस्करी’ नियन्त्रणमा बाँकेका सिडियो र एसपी