उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ : महासंघ सञ्चालक जिसी


उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ : महासंघ सञ्चालक जिसी

बागलुङ : राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी ‘अञ्जु’ले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएकीछन् ।
बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभाको मंगलबार बागलुङमा उद्घाटनपछि बोल्दै उनले यस्तो बताएकी हुन् ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जन गराउन सफल भएको भन्दै उनले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले दिने सेवा सुविधामा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

उत्पादनका क्षेत्रमा लागेका सहकारीहरुलाई विशेष प्याकेज बनाएर उत्पादनमा थप क्रियाशिल बनाउन सके राज्यको भूमिका बढ्ने उनले बताइन् । राज्यले दिने सेवा सुविधाहरुमा छुट दिएर उत्पादनका क्षेत्रमा लागेका सहकारीलाई थप उत्साहित बनाउन सकेमा उत्पादन बढ्ने तथा रोजगारी बृद्धि हुने उनको भनाइ थियो ।

उनले दूग्ध सहकारी बागलुङको एक नमुना सहकारी भएको बताउदै युवाहरुलाई रोजगार सृजना गरेर देशमै केही गर्नका लागी दूग्ध सहकारीले सहयोग गरेको भन्दै आगामी दिनमा महिलाहरुलाई पनि अगाडी बढाउनका लागि अनुरोध गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा संस्थाबाट सेवा निवृत हुन लागेका प्रबन्धक धरणीधर सापकोटालाई सम्मान गरी बिदाई गरिएको थियो । उनलाई संचयकोष र उपदानबाट ७ लाख ४५ हजार रुपैया प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक जिसीले हस्तान्तरण गरिन् ।

कार्यक्रममा संस्थाका सचिव रामबहादुर हमालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कंडेलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य गुणाखर कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीको जिज्ञासालाई बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सहजिकरण गरेका थिए । उनले दुग्ध सहकारीले दुग्ध सहकारीमा आबद्ध सबै किसानको मर्मअनुरुप काम गरेको र उनीहरुलाई आर्थिक रुपमा सवल बनाउनेतर्फ अगाडी बढेको बताए । कार्यक्रममा सहभागीको तर्फबाट शुभकामना मन्तव्य गोबिन्द शर्माले राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष दीपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको सञ्चालन गरेका थिए ।

संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा ४ करोड ७ लाख ३५ हजार पाँच सय २७ को कारोबार गरेको थियो । संस्थाको शेयर पूँजी १ करोड ८९ लाख ७ हजार र स्थिर सम्पत्ति १ कारोड ४२ लाख ५४ हजार ११ रुपैया रहेको संस्थाका कोषाध्यक्ष डीलाराम कँडेलले जानकारी दिए ।