बक्यौदा रकम लिन संघर्ष गर्दागर्दै यादवले ज्यान गुमाए


बक्यौदा रकम लिन संघर्ष गर्दागर्दै यादवले ज्यान गुमाए

नेपालगन्ज : चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौताको लागि आन्दोलनमा सहभागी भएका एक जना किसानको मृत्यु भएकोछ । उखुको बक्यौता लिन संघर्ष गर्दागर्दै किसान नारायणराय यादवले ज्यान गुमाएका हुन् ।

गएको मंसिर २८ गतेदेखि निरन्तर माईतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय यादवको हृदयघातका कारण निधन भएको जनाइएको छ ।
उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको जानकारी दिए ।

सोमबार राति बिरामी परेका यादवलाई उपचारका लागि सुरुमा चाबहिलको हेल्पिङ ह्याण्डस् अस्पतालमा लगिएको र त्यहाँबाट रिफर गरेर शहिद गंगालाल अस्पताल पु¥याइएको थियो ।

यादव मंसिर २८ गतेदेखि नै माईतीघरको किसान आन्दोलनमा सहभागी थिए । यादवको मृत्यु भएको खबर पाए लगत्तै उनको परिवार काठमाडौं हिडेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मृतक यादवका छिमेकी मायाशंकर यादवका अनुसार यादवले अन्नपूर्ण चिनी मिलबाट करिब २५ लाख रुपैयाँ लिन बाँकी छ भने करिब १० लाख रुपैयाँ बैंक ऋण रहेको छ । उनका अनुसार केही दिनअगाडि उनलाई मिलले दुई लाख रुपैयाँ बैंक खातामा हालिदिएको थियो । यादव आन्दोलनका क्रममा कृष्ण प्रणामी मन्दिर जोरपाटीमा बस्दै आएका थिए ।