मेरो प्लानेटमा आज बेलुका न्यु इयरको भव्य सांस्कृतिक कार्यक्रम

हाँस्य कलाकार मुद्रे, चर्चित गायक मन्जु र चर्चित रेडियोकर्मी समिरको प्रस्तुती , भित्र प्रवेश गरेपछि पैसा तिर्नु नपर्ने


मेरो प्लानेटमा आज बेलुका न्यु इयरको भव्य सांस्कृतिक कार्यक्रम


नेपालगन्ज :अंग्रेजी नयाँ बर्षको अवसरमा मेरो प्लानेट वाटर फनपार्कले आज बेलुका भब्य सांस्कृतिक कार्यक्रमको आयोजन गर्दै छ ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समय देखि सांस्कृतिक कार्यक्रमको मज्जा लिंदै रमाउने अवसर नपाएका नेपालगन्जबासीलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्न लागिएको मेरो प्लानेटले जनाएको छ ।

सांस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउने उद्देश्यले जोडी र परिवारका सदस्यहरुलाई मात्रै कार्यक्रममा प्रबेश दिइने ब्यबस्था मिलाइएको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुने दर्शक तथा पाहुनाहरुलाई नेपालकै लोकप्रिय हांस्य कलाकार जीतु नेपाल मुद्रे, चर्चित गायक मन्जु पौडेल र नेपालगन्जका चर्चित रेडियोकर्मी समिर श्रेष्ठले बिभिन्न प्रस्तुतीहरु मार्फत मनोरन्जन प्रदान गर्नु हुने छ ।

त्यस्तै कार्यक्रममा ओम फिटनेश गु्रप डान्स र सगरमाथा डान्स गु्रपका कलाकारहरुले बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्ने छन ।
सांस्कृति कार्यक्रम संगै महिलाहरुको फेशन शो, बेलुन व्लाष्ट डान्स,म्युजिकल चेयर डान्स, जोडी बेलुन दौड, स्टेज प्रपोज लगायतका आकर्षक र मनोरन्जनले भरीपुर्ण कार्यक्रमहरु पनि संगै संचालन हुने छन ।

Kids Festival 2022
kanti aarogya hospital

सांस्कृतिक कार्यक्रममा बिभिन्न मिठाईका परिकार, माछा, मासु , पनिर लगायत परिकार, चाटको ब्यबस्था गरिएको छ । भेज र नन भेजका सुप लगायत करिब एक सय प्रकारका स्वादिष्ट परिकारहरुको ब्यबस्था गरिएको मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम प्रकाश मिश्राले जानकारी दिए ।

कार्यक्रम स्थलका लागि एक जोडी २ जनाले रु ३ हजारको टिकट लिनु पर्नेछ । टिकट लिएर कार्यक्रममा प्रबेश गरे पछि सबै दर्शकहरुले आफुलाई मन लागेका खानेकुराहरु पेटभर खान थप पैसा तिर्न नपर्ने गरी ब्यबस्था गरिएको छ ।

घरमा फर्किदा चिसो होला जाडो होला भनेर चिन्ता गर्न नपर्ने गरी कार्यक्रम स्थलबाट फर्किदा घर सम्म गाडीबाटै पुराईदिने ब्यबस्था मिलाईएको प्रबन्ध निर्देशक मिश्राले बताए ।

नेपालगन्ज उप महानगरपालिकाको वडा नं १४ बालेगाउंमा मेरो प्लानेट साढे ३ बिघा क्षेत्रफलमा फैलिएको छ । शहरको घनाबस्ती भन्दा अलि टाढा शान्त र हरियाली बाताबरण, विभिन्न कलाकृतिहरूका कारण वाटर फन पार्क सहितको रिसोर्ट खानाका पारखी र मनोरन्जन प्रेमीहरुका लागि लोक प्रिय स्थल बन्दै गएको छ ।