नेपालगन्ज। रोल्पामा अटो दुर्घटनामा त्यसमा सवार दुबै जनाको यात्रुको मृत्यु भएको छ।
रोल्पामा एउटा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उनिहरू दुबै अटोका सवारी थिए। चालकलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ।
प्रहरीका अनुसार रोल्पाको घर्ती गाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र।०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब ६०० मिटर खसेको थियो।
उक्त दुर्घटनामा रोल्पाको माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्यूठान कारागारभित्रै झुन्डिएर एक कैदीको मृत्यु
प्यूठान जिल्ला कारागारमा एकजना कैदी मृत फेला परेका छन्। हाडनाता करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका उनले पाँच वर्ष कैद भुक्तान गरिसकेका थिए।
आइतबार दिउँसो उनि कारागारमा रहेको वाथरुमभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुमभित्र नुहाउन छिरेका थिए। लामो समयसम्म उनि बाहिर नआएपछि अरु कैदीहरूले बाथरुमको ढोका खोलेका थिए। बाथरुमभित्र उनि कपडा झुन्ड्याउने हुकमा डोरी बाँधेर झुन्डिएको अवस्थामा भेटिएका थिए।
तत्कालै कारागार सुरक्षार्थ खटिएका प्रहरीको सहयोगमा उनलाई अस्पताल पुर्याइएको थियो। तर उनलाई त्यहिँ चिकित्सकले मृत घोषणा गरिदिए।
घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?