नेपालगन्ज। नेपाली क्रिकेटमा पहिलोचोट डिआरएस प्रविधि लागु हुने भएको छ। क्रिकेट खेलमा कुनै अवस्थामा अम्पाएयरहरूले निर्णय लिन नसक्दा अपनाइने यो शूक्ष्म प्रविधि हो।
आगामी साता कीर्तिपुर क्रिकेट मैदाना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग हुने एनपिएलले जनाएको छ।
नेपाल प्रिमियर लिगको अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपिएलमा डिआरएस प्रयोग हुने जानकारी दिएको हो।
डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो। यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ।
अब एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोगका साथै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ।
यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने जनाएको छ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएस प्रयोग हुने कुरा नेपाली क्रिकेटका लागि कोशेढुंगा सावित हुने बताएका छन्।
यसका लागि एनपिएलले भारतीय कम्पनीसँग सम्झौता गरिसकेको छ। यो लगभग साढे दुई करोडको सम्झौता हुनेछ। जसमा फेन्चाइज समूहहरूले पनि केही हिस्सा बेहोर्नेछन्।
हिन्दुत्वको नाममा एउटा युवाले जेल भित्रैबाट खडा गरेको अपराधको साम्रज्य
नेपाली क्रिकेटमा ‘डिआरएस’: एनपिएलबाट सुरु हुने
लुम्बिनीमा किन भइरहेछ आनीको विरोध?
दसैंमा कर्णाली-कहर: माथितिर हिउँले छेक्यो, यता पहिराले
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई