नेको ईन्स्योरेन्सले एक करोड ४८ लाख बीमा भुक्तानी गर्यो


नेको  ईन्स्योरेन्सले एक करोड ४८ लाख बीमा भुक्तानी गर्यो

नेपालगन्ज : ईन्स्योरेन्स क्षेत्रमा अग्रणी ईन्स्योरेन्स कम्पनीमध्ये एक नेको ईन्स्योरेन्सले बीमा बापत ठुलो रकम भुक्तानी गरेकोछ ।
 
गत भदौ २ गते अछाम रामारोसनमा आएको बाढीले नोक्सानी पुगाएको सडकको बीमा दावि रकम एक करोड ४८ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
 
नेको ईन्स्योरेन्स नेपालगन्जका क्षेत्रिय प्रमुख भरत रावल र शाखाका प्रमुख टेकराज जैशीले बीमा बापत उक्त रकम एक कार्यक्रमका बीच बीमित जयदेवि एसएसका सञ्चालक सन्देश शाहीलाई हस्तान्तरण गरेका हुन् ।
 
ईन्स्योरेन्स कम्पनीका नेपालगन्ज शाखा प्रमुख जैशीले बीमा दाबी रकमको चेक हस्तान्तरण गर्दै बीमितलाई छिटोछरितो बीमा दावि रकम प्रदान गर्न इन्स्योरेन्स हरदम तत्पर रहेको उल्लेख गरे ।
Kanti Aarogya Hospital Nepalgunj