नेपालगन्जदेखि जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खस्यो, एक जनाको मृत्यु


नेपालगन्जदेखि जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खस्यो, एक जनाको मृत्यु

नेपालगन्ज : जाजरकोटका लागि नेपालगन्जबाट गएको यात्रुबहाक बस भेरी नदीमा खसेको छ ।

भेरी नदीमा बस खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइतेलाई उद्दार गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार यतिबेला उद्दार कार्य जारी छ । बसमा सवार अन्यको अवस्था अज्ञात छ । घाईते बोल्न नसक्ने अवस्थामा रहेका हुदाँ घटनाका बारेमा थप विवरण आउन बाँकीछ ।

बसभित्र ६–७ जना यात्रु रहेको अनुमान गरिएकाले थप विवरण आउन बाँकी रहेको प्रजिअ रेग्मीले बताए ।