नेपालगन्जका युवायुवतीलाई स्वरोजगार बनाइदैं


नेपालगन्जका युवायुवतीलाई स्वरोजगार बनाइदैं

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले युवा लक्षित तीनवटा तालिम एकसाथ बिहीबारदेखि शुरु गरेको छ ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बिहीवार तीन महिने मोवाइल मर्मत, सिलाईकटाई तथा ब्युटीसियन सम्बन्धिको तालिमको उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख डाक्टर राणाले कोभिड– १९ पछि स्वदेश फर्केका युवायुवती र यही बसेकालाई लक्षित गरी तालिम प्रदान गरी रोजगार दिने योजना अघि सारेको बताए ।

उपप्रमुख उमा थापा मगरले तालिममा सिकेका सहभागीलाई उनीहरुको प्रस्तावको आधारमा बिना धितो कम ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने बताइन् । तालिममा दत्तचित्त भएर ध्यान दिन आग्रह गर्दै उनले राम्रो गर्नेलाई अनुदान समेत दिन सकिने बताइन् । नगरभित्रका जनशक्तिलाई तालिम प्रदान गरी स्वरोजगार बनाउन निरन्तर यसखालका तालिम सञ्चालन हुने उनको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहागरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार तीनवटै तालिममा नगरका २३ वटै वडाबाट १÷१ जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनमा वडा नम्बर– ६ का वडा अध्यक्ष समीरप्रताप सिंह, वडा नम्बर ११ का अध्यक्ष उज्जवलसिंह राठौर, कार्यपालिका सदस्य बशन्ता जोशी, ईन्दिरा शाही, सीमा कशौधन, नगर स्तरीय घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रचना श्रेष्ठ, नारी विकास केन्द्रका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । तीनवटै तालिमको अवधि तीन महिना रहेकोछ ।