खजुराले मंसिर मसान्तमै ५६ लाख ५५ हजार ९५६ राजश्व संकलन गर्यो


खजुराले मंसिर मसान्तमै ५६ लाख ५५ हजार ९५६ राजश्व संकलन गर्यो

खजुराः खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षको राजश्व संकलनको अवस्था सुधार रहेको बताएकोछ । खजुरा गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाको राजश्व संकलनको अवस्था सुधार भएको जानकारी दिइएको हो ।

गाउँसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष कक्षपतिले मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजश्व संकलन भएको बताए । गाउँसभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।

त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पूँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले बताए ।

उनले सबै वडामा संचालित विभिन्न योजनाहरुको ठेक्का सम्झौत र उपभोक्ता समितिमार्फ हुने काम पनि संचालनमा रहेको बताए । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गरे । सभाले चालू आर्थिक वर्षमा केही योजनाहरु संसोधन र परिमार्जनसहित पारित गरेको छ ।

यसैबीच गाउँसभाले खजुरा गाउँपालिलाई प्लाष्टिकमुक्त गाउँपालिका बनाउने प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकोछ । गाउँसभामा सदस्य निसारअलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ ।

सभामा वडाध्यक्ष तिलकवीर सुनार, देविलाल खनाल, कार्यपालिका सदस्य निसारअलि दर्जी, झुमा योगी, सदस्यहरु देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँले भाग लिएका थिए ।