काठमाडौं : सरकारले नेपालबाट एक सय भन्दा बढि विदेशी नागरिकलाई देश निकाला गरेकोछ ।
सरकारले चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १ सय १ जना विदेशी नागरिकलाई देश निकाला गरिदिएको हो ।
गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । सोही अनुसार सरकारले गत साउनदेखि नेपालमा रहदै आएका विदेशीलाई नेपालबाट निकाला गरेको हो ।
अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ जसमा मंसिर महिनामा मात्रै २० जना विदेशी नागरिकलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सामान्यतयाः भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नेपालमा अनाधिकृत रुपमा बस्ने गर्छन् । उनीहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिई देश निकाला गर्ने गर्छ ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गरी विदेशी नागरिकलाई देश निकाला गर्ने गरिन्छ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन