सरकारद्वारा १०१ विदेशी नागरिकलाई देश निकाला


सरकारद्वारा १०१ विदेशी नागरिकलाई देश निकाला

काठमाडौं : सरकारले नेपालबाट एक सय भन्दा बढि विदेशी नागरिकलाई देश निकाला गरेकोछ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १ सय १ जना विदेशी नागरिकलाई देश निकाला गरिदिएको हो ।

गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । सोही अनुसार सरकारले गत साउनदेखि नेपालमा रहदै आएका विदेशीलाई नेपालबाट निकाला गरेको हो ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ जसमा मंसिर महिनामा मात्रै २० जना विदेशी नागरिकलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सामान्यतयाः भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नेपालमा अनाधिकृत रुपमा बस्ने गर्छन् । उनीहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिई देश निकाला गर्ने गर्छ ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गरी विदेशी नागरिकलाई देश निकाला गर्ने गरिन्छ ।