सिजीका एसी खरिद गर्दा निःशुल्क जडान


सिजीका एसी खरिद गर्दा निःशुल्क जडान

नेपालगन्ज ४ माघ : सिजी कम्पनीका कुनैपनि एसी खरिद गर्दा अब निःशुल्क जडान गर्न पाइने भएकोछ ।

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यस्तो योजना सार्वजनिक गरेको हो ।

सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाईप एसी तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसीहरुको खरिदमा निःशुल्क जडानको ब्यवस्था गरेको छ । यो ब्यवस्था लागु भएसंगै एसी जडान गर्दा लाग्ने खर्च कम्पनीले समेत ब्यहोर्ने छ ।

ग्राहकले आफै एसी जडान गर्दा २ हजार ५ सय रुपैयाँ खर्च हुने हुदाँ कम्पनीले ग्राहकको यो खर्च जोगाउन र सहजताका लागि यस्तो योजना अघि सारेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यी एसीहरु जाडो र गर्मी दुबै मौसममा समेत प्रयोग गर्न मिल्नुका साथै बिजुलीको कम खपत गर्ने कम्पनीको दावि छ । जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउन सकिने भएकाले यी एसीहरु विद्युत बचतका हिसाबमा पनि उत्कृष्ट रहेको छ ।

कम्पनीले यी एसिहरुमा ५ वर्षको वारेन्टी दिनुका साथै काठमाडौ क्षेत्रभित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि अघि सारेको छ ।

उच्च प्रविधि र उर्जा बचत गर्ने सिजीका एसीहरु निःशुल्क जडान गरि समय र लागत खर्च जोगाउन कम्पनीले आम ग्राहकलाई आग्रह गरेकोछ ।