झापा ५ माघ : झापाको दमकमा आज बिहान सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । -रासस
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन
‘अरनब’ आँधीको प्रभाव : लुम्बिनीका सात जिल्लामा ‘अति जोखिम’
अम्बिकाले दिइन् लुम्बिनीका सभामुखसहित पाँच जनालाई जालसाजी र कीर्ते मुद्दा
आनीका नियुक्ति विरोध गर्दा पक्राउ परेका दुईजना छुटे
लुम्बिनीमा आनी छोइङ नियुक्तिको विरोध गरिरहेका दुई नेता मध्यरातमा गिरफ्तार