नेपालगन्ज। सरकारले लुम्बिनी विकास कोषमा गरेको पदाधिकारी नियुक्तिको विरोध अभियान सुरु गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। खासगरी लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विरोध प्रदर्शन गर्दै आएका अकरम खान र वाविउद्दिन मुसलमानलाई रुपन्देही प्रहरीले सोमबार राति घरबाटै गिरफ्तार गरेको हो।
उनको नियुक्तिको विरोध गर्दै आन्दोलन सुरु गरेका लुम्बिनी बचाउ महाअभियानका संयोजक खान र अर्का अभियान्ता वाविउद्दिन मुसलमानलाई प्रहरीले सोमबार राति घरमै सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। ६१ वर्षीय खानको अगुवाईमा आनीलाई लुम्बिनीमा प्रवेश निषेधसमेत गर्नेगरी आन्दोलनको सुरुवात भएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार उनिहरूलाई ‘शान्ति सुव्यवस्था खलबल्याउनेगरी उच्छृंखल गतिविधि’ गरेको आरोपमा पक्राउ गरिएको हो। यद्यपि उनिहरूविरुद्ध कुनै उजुरी भने परेको थिएन। हाल उनिहरूलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको प्रहरीले जनाएको छ।
गत असोज ३० गते मन्त्रिपरिषदको बैठकले आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। त्यसपछि विभिन्न अपचलनहरूमा जोडिएको र सरकारलाई आवेदन नै नदिएकी आनीलाई नियुक्त गरिएको भन्दै खानको नेतृत्वमा लुम्बिनी बचाउ महाअभियानले निरन्तर विरोधका कार्यक्रमहरू गर्दै आएको थियो। सोमबार दिउँसोमात्रै उनिहरूले लुम्बिनीको पर्साचोकमा संस्कृति तथा पर्यटन मन्त्री गनेश पौडेलको पुत्ला दहनसमेत गरेको थियो।
महाअभियानसँगै कपिलवस्तु तिलौराकोट संघर्ष समिति, लुम्बिनीवासी प्रदेश सांसद र पूर्व मन्त्री चन्द्रकेश गुप्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राष्ट्रिय जेनजी नागरिक अभियान लगायतले विरोध गर्दै आएका छन्। उनिहरूले सोमबार काठमाडौंको माइतीघरमा समेत प्रदर्शन गरेका थिए।
आनीमाथि लागेका नागरिकता प्राप्तीको मुद्दा, विदेशबाट प्राप्त करोडौं रकमको बैधताजस्ता विषयहरूमा निष्पक्ष छानबिन हुनुपर्ने र तत्काल नियुक्ति बदर गर्नुपर्ने माग गर्दै स्थानीयले चरणवद्ध विरोधका कार्यक्रमहरू गर्दै आएका छन्।
यसैबीच महाअभियानका सह–संयोजक रामविकास चौधरीले खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन्। संयोजकमाथि गरिएको धरपकडप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको कडा शब्दमा भर्त्सना गरेको छ। महाअभियानले खानलाई निःशर्त रिहा गर्न मागसमेत गरेको छ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी