गुल्मीकाे कालिगण्डकी करिडाेरमा स्कर्पियाे खस्याे, छ जनाकाे मृत्यु


सेतोखरी सेतोखरी   १६ घण्टा अगाडि
गुल्मीकाे कालिगण्डकी करिडाेरमा स्कर्पियाे खस्याे, छ जनाकाे मृत्यु

नेपालगन्ज। गुल्मीमा एउटा यात्रुबाहक स्कर्पियो जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। यो दुर्घटनामा ३ जना घाइते भएका छन्। 

सोमबार दिउँसो करिब ४ बजेतिर कालीगण्डकी करिडोरमा पर्ने दबौखानीमा उक्त स्कर्पियो २५० मिटर तल खसेको थियो। 

प्रहरीका अनुसार दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै जिप चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, त्यही ठाउँकी सिता पाण्डे तथा कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि मृत्यु भएको छ।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएको प्रहरीले जनाएको छ। 
दुर्घटना कसरी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।