राप्तीको पानी नेपालगन्ज आउने सुनिश्चितता नभएसम्म नगरका सडक खन्न दिदैनौं : मेयर राणा


राप्तीको पानी नेपालगन्ज आउने सुनिश्चितता नभएसम्म नगरका सडक खन्न दिदैनौं : मेयर राणा

नेपालगन्ज ७ माघ : खानेपानी सम्बन्धि समस्या झैल्दै आएको नेपालगन्ज उपमहानगरपालिकाका जनताले राप्ती नदीको पानी पाउने आश्वासन पाएको पनि वर्षौं वितिसकेकोछ ।

सडकका दायाँ–बायाँ राखिएका पाइपले पनि त्यो पुष्टि गरिरहेकोछ । जनघनत्व र घरधुरी बढ्दै गएपछि नेपालगन्जको भूमिगत जलश्रोतका मुहान सुक्दै गएकाछन् ।

कतिपय स्थानमा गाडिएका धारा, ट्युबेलमा समेत पानी आउन छाडेको छ । यस्तो अवस्थामा नगरको खानेपानी समस्या समाधान गर्न राप्ती नदीको पानी ल्याई नगरको खानेपानी समस्या समाधान गर्ने ठूलो आश्वासन बाँडियो । तर, वर्षौं वितिसक्दा पनि राप्ती नदीको पानी नेपालगन्ज आएन ।

यसैबीच नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले राप्तीको पानी नेपालगन्ज ल्याउने आयोजनामा भईरहेको ढिलाईप्रति गम्भीर चासो ब्यक्त गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जस्थित खानेपानी डिभिजन कार्यालय र खानेपानी संस्थानका प्रमुखहरु सहभागी कार्यक्रममा नगरप्रमुख राणाले वर्षौं पहिले पाईप खरिद भएपनि आयोजनामा भईरहेको ढिलाईप्रति चासो ब्यक्त गरेका हुन् ।

वाटर, सेनिटेसन एण्ड हाईजिन फाईनेन्स(वासफिन)ले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख राणाले राप्तीबाट नेपालगन्जभित्र पिउने पानी आउने सुनिश्चितता नभई नेपालगन्जका सडक खन्न नदिईने स्पष्ट पारे ।

सो अवसरमा राणाले खानेपानी व्यवस्थापनको जिम्मा अहिलेको अवस्थामा स्थानीय तहले पुरा गर्न नसक्ने भन्दै संघीय र प्रदेश सरकार अन्तर्गतका निकायहरु अझ बढि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

वासफिन नेपालले नेपालगन्जको खानेपानी आपूर्तीको अवस्था, खानेपानी आपुर्तीमा भईरहेको प्रयास लगायतका विषयमा केन्द्रीत रहि प्रारम्भिक निष्कर्ष र सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

वासफिन नेपालका टिम लिडर गंगा दत्त नेपाल र प्राविधिक सल्लाहकार सुदर्शन भण्डारीले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए ।

वासफिन नेपालको प्रतिवेदनमाथीको छलफलमा सहभागी जनप्रतिनिधीहरुले नगरभित्र खानेपानीको सहि व्यवस्थापन हुन नसकेको भन्दै सम्बद्ध कार्यालयको ध्यानाकर्षण गराएका थिए ।