१२ औं जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो


१२ औं जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

नेपालगन्ज ११ माघ : राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

विभागले आईतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको छ । विभागले करिब ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारीसमेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।

०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपक्षीको समेत जनगणना गरिने उनले बताए ।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेबसाइटअन्तर्गतको सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्यांक विभागको वेबसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक आठवटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको १२औँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । १२औँ जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।