भारतले टिकटकसहित ५९ चिनियाँ एप सधैंका लागि बन्द गरिदियो


भारतले टिकटकसहित ५९ चिनियाँ एप सधैंका लागि बन्द गरिदियो

नेपालगन्ज १३ माघ : भारतमा प्रतिबन्धित टिकटकसहित ५९ वटा चिनियाँ एप सधैका लागि बन्द भएकोछ ।

भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको हो ।

यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो ।

भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ । अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकबीच झडप भएको र दुबै पक्षका २४ जना घाइते भएका छन् ।