नेपालगन्ज १३ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट कैद तथा जरिवाना फैसला भइ फरार रहेका दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँकेका फरार दुई जना(एक पुरुष, एक महिला) प्रतिवादी पक्राउ परेका हुन् ।
बाँके प्रहरीद्वारा पक्राउ पर्नेमा एक जना चोरी मुद्दा र अर्का बहु विवाह मुद्दाका फरार प्रतिवादी रहेकाछन् ।
२०७७ कात्र्तिक २२ गते जिल्ला अदालत बाँकेबाट एक वर्ष ११ महिना ३ दिन कैद तथा २० हजार जरिवाना तोकिएका चोरीमुद्दामा फरार रहेको बाँके जानकी गाउँपालिका वडा नम्बर २, नेवाजी गाउँ बस्ने ५१ वर्षका प्रतिवादी मातादिन कादुलाई मङ्गलबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएकोछ ।
यस्तै जिल्ला अदालत बाँकेबाट २०७७ कात्र्तिक २० गते ११ महिना १२ दिन कैद सजाय तोकिएका बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादी खजुरा गाँउपालिका वडा नम्बर–२, उढरापुर बस्ने २१ वर्षकी विना कुमारी खटिकलाई मङ्गलबार प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।
फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तरगत हाल सम्म ५१२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । भने केहि अभियुक्त स्वयम अदालतमा हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार केहि फरार अभियुक्त भारततर्फ भागी गएको भन्ने बुझिएको छ । उनीहरुको पनि खोजतलास भइरहेको बाँके प्रहरीले जनाएकोछ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही