अब नेपालगन्जमा सामसुङ मोबाईलका सबै समस्या समाधान


अब नेपालगन्जमा सामसुङ मोबाईलका सबै समस्या समाधान

नेपालगन्ज १५ माघ : स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएसंगै अब सामसुङ मोबाईलका सम्पूर्ण समस्या नेपालगन्जमै समाधान हुने भएकोछ ।

नेपालमै सर्वाधिक रुचाइएको मोबाइल मध्ये एक सामसुङले ब्ल्याक थिमको उच्च प्रबिधियुक्त सर्भिस सेन्टर नेपालगन्जमा सञ्चालनमा ल्याएको हो । यो प्रविधियुक्त सर्भिस सेन्टर नेपालमै पहिलो पटक नेपालगन्जमा सञ्चालनमा ल्याइएको छ ।

सामसुङ नेपालका प्रबन्ध निर्देशक साम जंङ पाकले नेपालगन्जमा रहेको उक्त सर्भिस सेन्टरको बिहिबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा उद्घाटन गरेका छन् । उनले औपचारिक रुपमा सर्भिस सेन्टरको उद्घाटन गरेसंगै उक्त सर्भिस सेन्टर सञ्चालनमा आएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

ब्ल्याक थिमको उच्च प्रबिधियुक्त सर्भिस सेन्टर नेपालमै पहिलो पटक सञ्चालनमा आएको सामसुङ नेपालक क्षेत्रीय प्रबन्धक दीपेन्द्र बिष्टले जानकारी दिए ।

क्षेत्रीय प्रवन्धक बिष्टले उच्च प्रबिधियुक्त सर्भिस सेन्टरको स्थापना भएसंगै सामसुङ मोवाईलमा देखिएका सबैखाले प्राबिधिक समस्या अब नेपालगन्जमै समाधान गरिनेछ ।

यसअघि मोबाइलमा जटिल समस्या देखिएको अवस्थामा काठमाण्डौं अथवा छिमेकी देश भारतको बहराईच, लखनउ सम्म ग्राहकहरु धाउने गर्दथे । सामसुङ मोबाईलको सफ्टवेयर हार्डवेयरमा देखिएका समस्याको सहज र सुलभ रुपमै नेपालगन्जमा समाधान हुने भएपछि यस क्षेत्रका ग्राहकलाई सहज हुने भएकोछ ।