आहा कति मिठो नेपालगन्जको ग्रिल मःमः


आहा कति मिठो नेपालगन्जको ग्रिल मःमः

नेपालगन्ज १८ माघ : नेपालगन्ज आउनुभयो भने ग्रिल मःमः खान नछुटाउनुस् है । ग्रिल मःमः भन्ने वितिक्कै तपाईलाई अचम्म लाग्ला । स्टिम मःमः, झोल मःमः, फ्राई मःमः जस्तै ग्रिल मम पनि हुन्छ । यो नेपालगन्जको नौलो परिकार हो ।

विशेष प्रकारले बनाइएको खानमा अत्यन्त स्वादिष्ट र हेर्दा पनि खाउँखाउँ लाग्ने यो ग्रिल मःमः नेपालगन्जमै पाईन्छ । एक प्लेटमा १० पिस र ग्रिल मःमःको साथमा तीन किसिमको अचार समेत दिइन्छ । अचारको स्वादले ग्रिल मःमः चोपेर खाँदा झनै मिठो लाग्छ ।

नेपालगन्जको सुर्खेतरोड स्थित सिभिल बैंकको सामुन्ने ‘द ब्लाक पेपर रेष्टूरेण्ट’ छ जहाँ ग्रिल मःमः पाइन्छ । ‘हामी अत्यन्त ध्यान दिएर बनाउँछौं । मःमःमा हालिने हरेक वस्तु फ्रेस हुन्छ ।’ द ब्लाक पेपर रेष्टूरेण्टका सञ्चालक सन्तोष शाह भन्छन्–‘ग्रिल मःमः हाम्रो रेष्टूँरेण्टको ब्राण्ड हो ।’

Kanti Aarogya Hospital Nepalgunj

ग्रिल मःमः खानेको यस रेष्टूरेण्टमा भीड नै लाग्ने गरेकोछ । सञ्चालक शाह भन्छन्–‘ग्रिल मःमः खान आउनेको पनि त्यतिकै भीड छ । अर्डर पनि धेरैनै आउँछ ।’