बढि रकम पाउनेमा नेपाल दोस्रो पहिलो भुटान
नेपालगन्ज १९ माघ : भारतले छिमेकी देशलाई दिने अनुदान रकममा बढोत्तरी गरेकोछ । योसंगै भारतले नेपाललाई दिने वार्षिक अनुदान रकममा समते बृद्धि गरेकोछ ।
भारतले नेपाललाई दिने वार्षिक अनुदान बजेट यही वर्ष नेपालले पाउनेछ । भने सबै भन्दा बढि छिमेकी देश भुटानलाई रकम विनियोजन गरेकोछ । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।
भारतीय वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रिय बजेट अनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्ला वर्षको तुलनामा बढाइएको हो ।
आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मलाले सार्वजनिक गरेको केन्द्रिय बजेटअनुसार नेपालले पाउने वाषिर्क अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।
भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । यसअघि भारतले आव २०२०/२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।
गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर, आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा बृद्धि भएको हो ।
यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
भारतले छिमेकी देशलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्टयाएको छ । भुटानलाई दिने रकममा समेत भारतले यस वर्ष उल्लेख वृद्धि गरेको छ । आंकडा अनुसार आव २०२१/२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।
चालु आव २०२०/२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आर्थिक वर्षमा भने २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो ।
भारतले यस वर्ष घोषणा गरेको छिमेकी देशलाई दिने अनुदानमा भुटानलाई ३० अर्ब ४ करोड, नेपाललाई ९ अर्ब ९२ करोड, अफगानिस्तानलाई ३ अर्ब ५० करोड, बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई २ अर्ब, माल्दिभ्सलाई २ अर्ब ५० करोड र म्यानमारलाई ४ अर्ब भारतीय रुपैयाँ बजेट विनियोजन गरेकोछ ।