अविवाहित महिला र एकल पुरुषले भत्ता पाउने


अविवाहित महिला र एकल पुरुषले भत्ता पाउने

दैलेख २० माघ : दैलेखको डुंगेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् ।

गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५ सय भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । ‘भत्ता ६र६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए । तर, महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत संकलन गर्ने काम भइरहेको छ । -रासस