नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सवमा आश्रमका बृद्धबृद्धा र बालबालिकालाई पोषिलो खाना


सेतोखरी सेतोखरी   सोमबार, फागुन १०, २०७७
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सवमा आश्रमका बृद्धबृद्धा र बालबालिकालाई पोषिलो खाना

नेपालगन्ज १० फागुन : नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३४ औं वर्षमा प्रवेश गरेकोछ ।

सन् १९८८ मा नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको यो कम्पनीले हरेक वर्षको फागुन १० गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

निर्जिवन र जीवन बीमा कम्पनीलाई छुट्याउने नीति अन्तर्गत हाल नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको रुपमा सञ्चालन भइरहेको कम्पनीले सोमबारबाट ३४ औं वर्षमा प्रवेश गरेको हो ।

जीवन बीमाको व्यवसायिक अभ्यास, पारदर्शीता, विश्वसनीयता र ईमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेको कम्पनीले सबैलाई आर्थिक स्वतन्त्रता प्रदान गर्ने सिद्धान्तबाट अभिप्रेरित नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आगामी दिनमा पनि जीवन बीमा अझै सरल, सहज र अत्याधुनिक बनाएर अघि बढ्ने प्रतिबद्धता नेपालगन्ज शाखाका प्रमुख दीपनारायण खनालले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

वार्षिकोत्सवका अवसरमा सोमबार नेपालगन्ज स्थित नील सागर सेवाआश्रमका १७१ जना बृद्धबृद्धा तथा बालबालिकालाई पोषिलो खाना खुवाइएकोछ ।

शाखा प्रमुख खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका मुख्य व्यवसाय प्रबन्धकद्वय गंगाकुमारी शर्मा पराजुली र भूपबहादुर भण्डारी शुभकामना दिएका थिए ।

नेपाली लगानीकर्ताको ४५ प्रतिशत, विदेशी ज्वाईन्ट भेन्चरमा १० प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत शेयर लगानी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमा अत्याधुनिक सुविधा सहितको उत्कृष्ट प्रतिफलसहितको जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

विगतमा राजपरिवारका सदस्यको समेत लगानी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र अग्रणी जीवन बीमा कम्पनी हो । वार्षिकोत्सवको अवसरमा नेपालगन्जसहित देशभर विभिन्न शाखा कार्यालयहरुले विभिन्न सामाजिक काम गरेर वार्षिकोत्सव मनाएकोछ ।