कारकाँदोदेखि गुलरिया बाईपास जाने रोड कालोपत्रे गरिदैं


कारकाँदोदेखि गुलरिया बाईपास जाने रोड कालोपत्रे गरिदैं

नेपालगन्ज १० फागुन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ गुलरिया बाईपास रोडदेखि भित्री कारकाँदो गाउँ जाने बाटो कालोपत्रे गरिनेभएकोछ । 

नेपालगन्ज उपमहानगरपालिकाका वडा अध्यक्ष दीपक बर्माले उक्त सडक कालोपत्रेका लागि सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरे ।

वडाअध्यक्ष बर्माले शिलान्यास गरेसंगै पक्की नाला सहित सडक कालोपत्रेको कार्य अघि बढेको हो ।

वडा अध्यक्ष बर्माको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट प्राप्त भएको बजेट र वडा कायालयबाट विनियोजित बजेटबाट सडक कालोपत्रे तथा पक्कि नाला निर्माण गरिन लागेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

वडाअध्यक्ष बर्माका अनुसार चालु आर्थिक वर्षमा थप अर्को बाटो सोहि मन्त्रालयबाट वडा नम्बर १८ मा परेको छ । यस्तै गत आर्थिक वर्षमा पनि संघीय मामिला तथा सामान्य प्रशासनबाट दुई वटा योजना वडा अध्यक्ष बर्मा पार्न सफल भएका थिए ।

सो कार्यक्रम अन्र्तगत तेजनगरमा पीच बाटो र सुकुम्बासी, दलित तथा मधेशी बस्तीमा सोलार बत्ति जडान । चालु आर्थिक वर्षमा वडाको बजेटबाट पनि पीच बाटो निर्माण भइरहेका छन् ।

यस्तै वडाको विभिन्न टोलमा चालु आर्थिक वर्षमा एक दर्जन भन्दा बढी पीच बाटो निर्माण हुने वडा अध्यक्ष बर्माले जानकारी दिए ।