नयाँ निशान म्यागनाईट सार्वजनिक


नयाँ निशान म्यागनाईट सार्वजनिक

नेपालगन्ज ११ फागुन : पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गरेको छ ।

पायोनियर मोटो कर्प प्रालिको बाँके र बर्दियाको अधिकृत बिक्रेता देवमंगल इंजीनियरिंग प्रालीद्वारा ‘द विग, बोल्ड, ब्यूटिफूल सुभ’ नयाँ निशान म्यागनाईट सार्वजनिक हो ।

सबै ग्राहकहरुले देवमंगल इंजीनियरिंग प्रालीमा गएर बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाईटको मूल्य २९ लाख ४९ हजार बाट उपलब्ध हुनेछ ।

निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निसान म्याग्नाइटले निशान नेक्स्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्दछ ।

Kanti Aarogya Hospital Nepalgunj

नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने छ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० भ्यु जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ ।

म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ ।

देवमंगल इंजीनियरिंग प्रालीका प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठका अनुसार नयाँ निशान म्याग्नाइटको लञ्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोषे ढुङ्गाको काम गर्नेछ ।

‘विशेष गरी हाम्रो मुल्यवान ग्राहकहरुका लागि ‘बिग, बोल्ड, ब्युटिफुल र क्यारिजम्याटिक’ निशान म्यागनाईट २९ लाख ४९ हजारमा नेपाली बजारमा ल्याएको छौं । ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं’ श्रेष्ठले बताए ।