नेपालगन्ज १३ फागुन : गायक सिढी विजय अधिकारीको सुमधुर आवाज रहेको ‘म तिम्रो भएँ’ बोलको गित सार्वजनिक भएको छ ।
बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा प्रेसमिट गरि निर्माण टिमले औपचारिक तरिकाले गितको म्यूजिक समेत भिडियो सार्वजनिक गरेको छ । सम्भवत पश्चिम नेपालमै यसरी फिल्म हलमा औपचारिक कार्यक्रम आयोजना गरि म्युजिक भिडियो रिलिज गरीएको पहिलो पटक हो ।
गीतमा गायक सिडी विजयकै शब्द अनि संगीत रहेको छ । मनिषा राइले सिडीलाई गायनमा साथ दिएकी छिन् । सिडी र मनिषाको गायिकी गीतमा मीठो सुनिएको छ । गीत पनि एकदम प्रेमिल छ ।
गीतको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल बनेको छ । भिडियोमा ईश्वर गिरी र आस्था पन्त फिचर्ड छन् । एउटा रेष्टुरेन्टमा वईटरको रुपमा काम गर्ने युवती र नियमित त्यही रेष्टुरेन्टमा जाने गेष्टबीचको प्रेम सम्बन्धको कथालाई कलात्मक शैलीमा कृष्णले भिडियोमा देखाएका छन् ।
उसो त, ईश्वर र आस्थाको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोलाई बाँके, दाङ अनि प्युठान लगायतका स्थानमा खिचिएको हो । मोडल तथा निर्देशक कृष्णराज अधिकारीको निर्देशनमा तयार भएको भिडियोलाई रामु चौधरीले आकर्षक फ्रेममा खिचेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं