बाँकेका सहायक प्रजिअ हरिबहादुर प्याकुरेल दैलेख सरुवा

३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपसचिवको सरुवा (नामवलीसहित)


बाँकेका सहायक प्रजिअ हरिबहादुर प्याकुरेल दैलेख सरुवा

नेपालगन्ज १४ फागुन : गृहमन्त्रालयले बाँके सहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको छ ।

शुक्रबार गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलको दैलेखमा सरुवा भएको छ । उनी दैलेखको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका हुन् ।

यस्तै दैलेखका सन्त बहादुर सुनार बर्दिया, बर्दियाका लीलाधर अधिकारी चितवन, चितवनका नारायण प्रसाद भट्टराई सर्लाही, सर्लाहीका सुरेन्द्र पौडेल बारा र बाराका दीपकराज नेपाल स्याङजा सरुवा भएकाछन् ।

कैलालीका प्रजिअ यज्ञराज बोहोरा गृह मन्त्रालय, दाङका प्रजिअ जयनारायण आचार्य गृह मन्त्रालय, कपिलवस्तुका दीर्घनारायण पौडेल दाङ, काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सल्यान र सल्यानका हेमराज तामाङ अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं सरुवा भएको छ ।
यसैगरी अछामका प्रजिअ गोकर्णप्रसाद उपाध्याय धादिङ, बझाङका कमलराज भण्डारी गोरखा, सल्यानका ईश्वरीप्रसाद ढकाल रसुवा र दार्चुलाका शरद कुमार पोखरेल मोरङ सरुवा भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखाका प्रजिअ तीर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेशकुमार ढकाल सुनसरी, सुनसरीका फणिन्द्रमणि पोखरेल सप्तरी, कास्कीका ज्ञान प्रसाद ढकाल धादिङ र इलामका तुलसीराम सेढाई उदयपुर सरुवा भएका छन् ।

म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी काठमाडौं, रसुवाका हरिप्रसाद पन्त सल्यान, ताप्लेजुङका झरेन्द्रप्रसाद चापागाई झापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे ताप्लेजुङ र हुम्लाका चिरन्जिवि गिरी कारागार कार्यालय नख्खु ललितपुर सरुवा भएका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल नुवाकोट, नुवाकोटका झंकनाथ ढकाल अध्यागमन विभाग, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल अछाम, गोरखाका सहायक प्रजिअ देवी पाण्डे पर्वत र पर्वतका प्रजिअ शम्भु प्रसाद रेग्मी गृह मन्त्रालय सरुवा भएका छन् ।

महोत्तरीका केशव प्रसाद बिमली गृह मन्त्रालय, सप्तरीका शंकरहरि आचार्य गृह मन्त्रालय, ओखलढुंगाका कृष्ण पौडेल गृह मन्त्रालय, मोरङका ध्रुब बहादुर खड्का इलाम र उदयपुरका चक्रपाणी पाण्डे कपिलवस्तु सरुवा भएका छन् ।