एपबाटै मगाउनुहोस् सिद्धार्थको खानेकुरा


एपबाटै मगाउनुहोस् सिद्धार्थको खानेकुरा

नेपालगन्ज १६ फागुन : सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीले ग्राहकका लागि मोबाइल एप सञ्चालनमा ल्याएकोछ । खानाका पारखीहरुलाई लक्षित गर्दै सिद्धार्थले ‘सिद्धार्थ हस्पिटालिटी’ एप सञ्चालनमा ल्याएको हो ।

‘सिद्धार्थ हस्पिटालिटी’ एप मार्फत रुची अनुसार विभिन्न स्वादिष्ट खानाका परिकारहरु घर बसेरै अर्डर गर्नसकिन्छ । तपाईले अर्डर गरेकै केही समयमै निशुल्क डेलिभरी हुन्छ ।

तपाई काम गर्ने कार्यालय होस्, विद्यालय, अफिस वा कसैलाई सरप्राइज दिन चाहानुहुन्छ । भनौ आफूलाई मन परेको खानाका परिकार खान मन लाग्यो भने अब सिद्धार्थ ग्रुपआफ हस्पिटालिटीले सञ्चालन गरेको होटल, रेष्टूरेण्ट तथा क्याफे धाइरहनु पर्दैन ।

सिद्धार्थले सञ्चालनमा ल्याएको एपबाटै रोजीरोजी मूल्यअनुसार आफूलाई मन परेको खानाका परिकार एक क्लिकमै अर्डर गरि आफ्नो टेबलमा पाउनुहुनेछ । त्यसका लागि आफ्नो मोबाईलमा रहेको प्लेस्टोरबाट सिद्धार्थ होटलको ‘सिद्धार्थ हस्पिटालिटी’ एप डाउलोड गरि लगईन गर्नुपर्ने हुन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

तपाईले एकपटक लगईन गरि उक्त एपबाट आफूलाई मनपरेका खानेकुरा होस् रोजेर घर, कार्यालय आफू रहेको स्थानमै केही क्षणमै गुणस्तरीय र स्वादिष्ट सिद्धार्थको खानेकुरा खान पाउनुहुनेछ ।

‘यो एपबाट होटल बुक गर्नुका साथै खानाका परिकारहरु अर्डर गर्न सकिन्छ’ सेतोखरीसंग कुरा गर्दै सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले भने–‘यसले होटलसम्म आउन नसक्नेलाई धेरै फाईदा पुग्छ । सबैका लागि सजिलो होस् र छानिछानि होटल बुक एवम खानाका परिकार अर्डर गरि आफ्नै ठाउँमा सिद्धार्थकै आनन्द लिनसक्नुहुन्छ ।’

ग्राहकलाई मध्यनजर गर्दै एपबाट अर्डर गरिएमा प्रत्येक अर्डरमा १५ प्रतिशत छुटको ब्यवस्था राखिएकोछ न्यौपानेले भने–‘अर्डर गरिएका खानेकुरा होस् वा होटलको रुम अनलाईनबाटै पे गर्ने ब्यवस्था समेत गरिएकोछ । जसका लागि खल्ती, ई–सेवा, भिसा र मास्टर कार्ड तथा नगदबाट भुक्तानी दिन सकिन्छ ।’

उनले भने यसरी एपबाट अर्डर गरिएका खानेकुरा देशभरका कुनैपनि सिद्धार्थको शाखा होटल, रेष्टुँरेण्ट र क्याफेबाट सहजै अर्डर गरिएको स्थानमा पु¥याइन्छ । ‘घरबाहिर र विदेशमा बस्नुहुनेले नेपालमा रहनुभएका परिवार, आफन्त र साथीहरुलाई विभिन्न अवसरमा हाम्रो सेवा प्रयोग गरी विभिन्न उपहारहरु दिन सक्नु हुनेछ ।’

देशभर शाखा रहेको सिद्धार्थले एपबाट अर्डर गरिएका खानेकुरा उक्त क्षेत्रको ७ किलोमिटरको परिधिभित्र निःशुल्क डेलिभरी गर्छ । सो भन्दा लामो दूरी भएको स्थानमा डेलिभरीको केही चार्ज लिने गरेको न्यौपानेले जानकारी दिए ।

सिद्धार्थले सञ्चालनमा ल्याएको ‘सिद्धार्थ हस्पिटालिटी’ एपबाट यतिबेला होटल बुक हुनुका साथै खानेकुराका अर्डर भइरहेकोछ । नेपालगन्जमा होटल सिद्धार्थ, सिद्धार्थ कटेज र नेपालगन्ज तथा कोहलपुरमा एस क्याफे सञ्चालनमा ल्याएकोछ ।

हस्पिटालिटी सेवामा झण्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको हो ।

सिद्धार्थले देशैभरिका सबै शाखामा मोवाइल एपबाट खाना अर्डर लिने व्यवस्था मिलाएको । काठमाडौं देखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोडसम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको सिद्धार्थले एपबाट खानाका विभिन्न परिकार अर्डर गर्ने देखि होेटलका कोठाहरु बुक गर्न सकिने व्यवस्था मिलाएको हो ।

‘सिद्धार्थ हस्पिटालिटी’ एप एकपटक डाउनलोड गरिसकेपछि त्यसमा प्रवेश गर्न साईनईन, विकम अ मेम्बर र कन्टिन्यू एज गेष्ट अप्सन हुन्छ । यदि तपाई सिद्धार्थ ग्रुपको मेम्बरसिप लिनुभएको छैन भने त्यो लिनुपदर्छ ।