नेपालगन्ज १६ फागुन : नेपाल महिला चेम्बर ट्रेड फेयर आयोजना गरिने भएकोछ । आगामी फागुन २४ देखि २६ गतेसम्म ‘नेपाल महिला चेम्बर ट्रेड फेयर–२०२१’ हुने भएको हो ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइन् ।
श्रेष्ठले मेला आयोजना गर्नुको उद्देश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबदद्र्धधन गर्ने रहेको बताउँदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभूषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन् । श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन् ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक कैलाश कुमार बजिमयले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरको संयुक्त आयोजनामा हुन गइरहेको उक्त मेलाले देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत मिल्ने धारणा राखे । साथै उनले स्टल बुकिङ र आगन्तुकलाई आकर्षित गर्ने गरि तयारी भैरहेको पनि जनाए ।
नेपाल चेम्बर अफ कमर्सका ट्रेड कमिटी संयोजक तथा उक्त मेलाका संयोजक राष्ट्र भुषण चाकुबजीले उक्त मेलाले नेपाली महिला उद्यमीलाई प्रोत्साहन मिल्ने धारणा राख्दै मेलालाई सफल पार्न सम्बन्धित सबैलाई आग्रह गरे ।
नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले अन्तरराष्ट्रिय उडान अबरुद्ध भैरहेको वर्तमान स्थिति माझ आन्तरिक बजार प्रबद्र्धधनका लागि मेला कोशेढुङ्गा बन्ने राय पेश गरिन् ।
मेला प्रदर्शनी संयोजक तथा महिला चेम्बरकी सचिव लिमा अधिकारीले मेलाको दोस्रो दिन कामना विकास बैंकले महिला उद्यमीहरुको वित्तिय सशक्तीकरणका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै ‘व्यापार भिजन’ प्रतियोगिता आयोजना गरि उत्कृष्ट भिजन प्रस्तुत गर्नेहरुलाई पुरस्कृत गरिने जानकारी दिइन् ।
चेम्बरकी सल्लाहकार निलम ताम्राकारले मेलाको अवसरमा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन गर्ने जानकारी दिइन् भने महिला चेम्बरकी ट्रेड फेयर संयोजक जानकी प्रधानले मेलालाई फरक ढंगले आयोजना गर्न लागिएको दाबी गर्दै सबैलाई समेट्ने कोशिस नेपाल महिला चेम्बरले गरेको जनाउदै मेलालाई सफल पार्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन् ।
उपराष्ट्रपति नन्द बहादुर पुनले समुद्घाटन गर्ने तय गरिएको उक्त मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी सय भन्दा बढी स्टल रहने बताइएको छ ।