एलजीको फ्रि एसी सर्भिस एवं एक्चेन्जक्याम्प २०२१


एलजीको फ्रि एसी सर्भिस एवं एक्चेन्जक्याम्प २०२१

नेपालगन्ज १९ फागुन : विगत ४ दशकदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एलजी ब्राण्डले फेरि ग्राहकमाझ ‘फ्रि एसी सर्भिस एवं एक्स्चेन्ज क्याम्प– २०२१’, कार्यक्रम तथा योजनाको घोषणा गरेको छ ।

यस कार्यक्रम योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्राण्डको एसीमा फ्रि सर्भिसिङ पाउनुका साथै आफ्नो पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा उचित मूल्याङकन गर्दै एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । यो सुविधा र सर्भिस ग्राहकवर्गहरुले घरमै बसि–बसि लिन सक्नेछन् ।

उक्त सुविधा लिनको लागि ग्राहकले निम्न लिखित फोन नं. मा अथवा इमेल मार्फत रजिष्टर गराउनु पर्नेछ । ९८०३६२१९२४, ९८६४४७५५६९ [email protected] रजिष्टर गराउनु पर्नेछ ।

थप सुविधा प्रदान गर्दै एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निःशुल्क सर्भिस चार्ज, पुरानो एसीमा उचित मूल्याङकन पनि एलजीले प्रदान गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यो योजना सिमित अवधिकोे लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । नेपाली ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले एलजीले यस्ता कार्यक्रमहरु विगतका वर्षहरुमा पनि आयोजना गर्दै आईरहेको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ ।