नेपालगन्ज २४: अन्तराष्ट्रिय नारी दिवसका अवसरमा मिस नेपालगन्ज (२०१५) सुमन थापाले अत्याधुनिक मकेअप एण्ड ट्रेनिङ्ग सेन्टरको उद्घाटन गरेकी छन् ।
सौन्दर्य पारखीहरुलाई लक्षित गरी ल्याइएको आशु मेकअप स्टूडियो एण्ड ट्रेनिङ सेन्टरले सस्तो तथा सुलभ सेवा प्रवाह गर्ने सञ्चालक राधिका ढुंगानाले जानकारी दिइन् ।
नेपालगन्ज न्यूरोडको पुर्बी रोड रहेको उक्त मेकअप स्टूडियो एण्ड ट्रेनिङ सेन्टरले गुणस्तरीय सेवा प्रवाह गर्ने उनको भनाइ छ ।
महिलाका लागि मेकअपका सम्पूर्ण सामानसहित तालिम समेत प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो सेन्टरको उद्घाटन गर्दैै मिस नेपालगन्ज थापाले सौन्दर्यप्रतिको बुझाइ सकारात्मक बनाउन जरुरी रहेको धाराणा राखिन् ।
उनले स्टुडियो एण्ड ट्रेनिङ सेन्टरले दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारीको वातावरण सिर्जना गर्न अग्रसर रहन शुभकामना ब्यक्त गरिन् ।
उद्घाटनलाई लक्षित गरेर सेन्टरले आफ्नो सेवा प्रवाहमा अफर घोषणा गरेको छ । यो हप्ताभरी मेकअपमा ३० प्रतिशत छुट दिइएको सञ्चालक ढुंगानाले जानकारी दिइन् ।
ढुंगानाले राजधानीमा दक्ष तालिम प्राप्त गरि ८ वर्षसम्म सौन्दर्य क्षेत्रमा कार्य गरेको अनुभवलाई गृह जिल्लामा प्रयोग गर्न पाउँदा खुशी भएको बताईन ।
नेपालगन्जमा रहि मेकअप सम्बन्धि तालिम लिन चाहाने तथा सौन्दर्यका सम्पूर्ण सूविधा उक्त सेन्टरबाट प्रदान गरिनेछ ।