महिन्द्रा ट्रयाक्टर बम्पर उपहार : नेपालगन्जका निरन्जना र रामबहादुरले पाए


महिन्द्रा ट्रयाक्टर बम्पर उपहार : नेपालगन्जका निरन्जना र रामबहादुरले पाए

नेपालगन्ज २५ फागुन : महिन्द्रा ट्रयाक्टर उत्सव योजना अन्र्तगत नेपालगन्जका निरन्जना चौधरी र रामबहादुर कामीले महिन्द्रा ट्रयाक्टर बम्पर उपहार जितेका छन् ।

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो ।

जस अन्तर्गत भाग्यशाली विजेताहरुलाई अग्नि इन्कर्पोरेटेड नेपालगन्ज शाखामा एक कार्यव्रmम आयोजना गरी बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर)े हस्तान्तरण गरिएको छ ।

नेपालगन्ज स्थित होटेल सेन्ट्रल प्लाजामा आयोजित उक्त कार्यक्रममा नेपालका लागि कन्ट्री म्यानेजर–महिन्द्रा एण्ड महिन्द्रा इन्डियाका आषिश जोशी, उपनिर्देशक–अग्नी इन्कोर्पोरेटेड प्रालिका बरदान बस्नेत, सहायक महाप्रबन्धक–अग्नी इन्कोर्पोरेटेड प्रालिका रामेश्वर महर्जनको उपस्थितिमा सोमबार विजेताहरुलाई बम्पर पुरस्कार हस्तान्तरण हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसै योजनाको एक अंशका रूपमा गत पुस २८ गते शहिदभूमि, धनकुट्टाका योगराज राई र नेपालगन्जका निरन्जना चौधरी र राम बहादुर कामी सहित ३ जना भाग्यशाली विजेताहरुका नाम ‘लक्की ड्र’ कार्यक्रममा नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्राण्ड एम्बेसेडर पारस खड्काले निकालेका थिए ।

महिन्द्रा ट्रयाक्टर उत्सव योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने सम्पुर्ण ग्राहकहरुलाई जीवन बीमा (५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङ सहितका पक्का उपहार राखिएको थियो ।

यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रम मार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो ।