कम्पनीसँग ९३ हजार मेट्रिक टन मल मौज्दात


कम्पनीसँग ९३ हजार मेट्रिक टन मल मौज्दात

नेपालगन्ज २८ फागुन : कृषि सामाग्री कम्पनीसँग ९३ हजार मेट्रिक टन मलको स्टक बाँकी रहेकोछ । कम्पनीका अनुसार हाल ३८ हजार मेट्रिक टन डीएपी, १० हजार मेट्रिक टन युरिया र ६ हजार ५ सय मेट्रिक टन पोटास स्टकमा छ ।

यतिबेला जीटुजीमार्फत आयातित केही बिक्री गरेर बाँकी बर्खे धानका लागि स्टक राखिने भएको छ । हाल चैते धान लगाउने बेला भएको छ । चैतेभन्दा बर्खे धानको खेती बढी हुने भएकाले त्यस समयमा मलको बढी आवश्यकता पर्ने गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसका लागि कम्पनीले तेस्रो चरणमा भित्र्याउने मलको आयात १० देखि १५ दिनभित्र प्रक्रिया अगाडि बढाउने भएको छ । गत असारमा धान रोप्ने समयमा बजारमा मल थिएन । किसान हैरान थिए । कम्पनीले यो वर्ष खेतीका बेला मलको अभाव हुन नदिने जनाएको छ ।