हिमालयन बैंकद्वारा शैक्षिक सामग्री बितरण


हिमालयन बैंकद्वारा शैक्षिक सामग्री बितरण

बाजुरा २८ फागुन : खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक बिद्यालयलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ ।

हिमालयन बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा सञ्चालित ३१ वटा बिद्यालयहरुलाई उक्त सामाग्रीहरु बितरण गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

हिमालयन बैंक लिमिटेडको सहकार्यमा खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरको एक घर एक बैंक खाता अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रमममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी, बैंकका छेडेदह शाखा प्रमुख किरण रिजाल लगायतले उक्त सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरुलाई हस्तान्तरण गरे ।

बाजुरा जिल्लाको छेडेदहबासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए । कार्यक्रमका सभापति गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बैंकको सहकार्य र सहयोग प्रति धन्यबाद व्यक्त गरे ।