नेपालगन्ज २ चैत : नेपाल राष्ट्र बैंकले अनलाईन भुक्तानी सेवा सञ्चालन नर्गन निर्देशन दिएकोछ । नेपाल राष्ट्र बैंकले अनुमतिपत्र नलिइ अनलाइन भुक्तानी प्लाटफम सञ्चालन नगर्न निर्देशन दिएको हो ।
पछिल्लो समय केही प्लाटफमहरुले अनुमति नै नलिइ भुक्तानी सेवा शुरु गरेपछि राष्ट्र बैंकले त्यस्ता गतिविधि माथि बन्देज लगाउने तयारी गरेको छ । सोही तयारीअन्र्तगत राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सोमबार निर्देशनात्मक सूचना जारी गर्दै अनुमति नै नलिइ टपअप सेवा, युटिलिटिज् अनलाइन भुक्तानी र प्रोटेक्ट खरिद लगायतका भुक्तानी रोक्न निर्देशन दिएको छ ।
अनुमतिपत्र नलिइ भुक्तानी सम्बन्धी कार्य गराउनु गैरकानूनी र दण्डनीय हुने भन्दै अनुमतिपत्रप्राप्त संस्थाहरु मार्फत् मात्र विद्युतीय भुक्तानी गराउन अनुरोध गरेको छ ।
फागुनसम्म १० वटा भुक्तानी प्रणाली सञ्चालक र २३ वटा भुक्तानी सेवा प्रदायकहरुले कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमण कहरकाबीच अनलाईन कारोबार बढेर आएकोछ । पछिल्लो समय अनलाईन कारोबार बढेपछि अनुमतिपत्र नलिइ भुक्तानी सम्बन्धि कार्य गरिरहेकाले यसलाई रोक्न राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।