मोबाइल इन्टरनेट स्पीडमा नेपालको उल्लेख्य सुधार


मोबाइल इन्टरनेट स्पीडमा नेपालको उल्लेख्य सुधार

नेपालगन्ज ३ चैत : मोबाइल इन्टरनेट स्पीडमा नेपालको उल्लेख्य सुधार भएको पाइएको छ । इन्टरनेट स्पीड टेस्ट गर्ने प्रख्यात प्लेटफर्म स्पीड टेस्ट ग्लोबल इन्डेक्सले जारि गरेको तथ्यांकमा यस्तो पाइएको हो ।

उक्त तथ्यांकमा नेपालको मोबाइल इन्टरनेटमा सुधार भएपनि फिक्स्ड ब्रोडब्याण्ड केही खस्किएको पाइएकोछ । इन्डेक्सले एक सय ४१ देशहरुको मोबाइल इन्टरनेट र एक सय ७५ देशहरुको फिक्स्ड ब्रोडब्याण्डको स्पीड टेस्टको विवरण सार्वजनिक गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गत फेब्रुअरी महिनामा नेपालको मोबाइल इन्टरनेटले १८ स्थान सुधार गर्दै ९६ मा उक्लिएको उक्त तथ्यांकले देखाएकोछ । सो तथ्यांक अनुसार नेपालमा मोबाइल इन्टरनेटको अधिकतम डाउनलोड स्पीड २१.२८ एमबीपीएस रहेको जनाएको छ । अपलोड स्पीड भने १३.०७ एमबीपीएस रहेको बताइएको छ ।

फिक्स्ड ब्रोडब्याण्ड भने एक स्थान खस्किएको बताइएको छ । एक स्थान तल झर्दै ब्रोडब्याण्ड इन्टरनेट एक सय १४ मा पुगेको छ । ब्रोडब्याण्डको अधिकतम डाउनलोड स्पीड २५.४२ एमबीपीएस रहेको र अपलोड स्पीड २३.९० एमबीपीएस रहेको छ । यस्तै, फ्रेब्रुअरीमा मोबाइल इन्टरनेटको ल्याटेन्सी २८ मिलिसेकेन्ड्स र फिक्स्ड ब्रोडब्याण्डको १३ मिलिसेकेन्ड्स छ ।